सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु « Image Khabar


सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु



एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ ।

सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।

केही समयको फरक गरी भएको अर्को बिस्फोटमा भने १० जना सर्वसाधारण मारिएका छन् ।

दमस्कसको उत्तर पश्चिम क्षेत्रको एक ब्यस्त बजारमा भएको बिस्फोटमा मारिनेमा केही बालबालिका समेत रहेका छन् ।

जिहादी समुहको पकड रहेको क्षेत्रमा भएको बिस्फोटका कारण दर्जनौ सवारीसाधनमा क्षति पुगेको छ ।

सिरियाका सन् २०१७ पछी भएको यो नै दोश्रो ठुलो बिस्फोट भएको हो । सन् २०१७ मा भएको आत्मघाती बिस्फोटमा ३१ जना मारिएका थिए । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।