एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धजस्तो अवस्था उत्पन्न हुन नहुने बताउनु भएको छ । न्यूजिल्याण्डमा जारी एसिया–प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति सीले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स–साना गुटमा बाँड्ने प्रयास असफल हुने चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘एसिया–प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो मतभेदको…