ओमिक्रोनको संक्रमण बढ्न थालेपछि वेलायतमा आपतकाल घोषणा « Image Khabar


ओमिक्रोनको संक्रमण बढ्न थालेपछि वेलायतमा आपतकाल घोषणा


52
Shares

एजेन्सी । वेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए ।

वेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन् । यसअघि वेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो ।

यद्दपी आोमिक्रोनको संक्रमण बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए । कोरोना विरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ ।

जसका कारण अस्पतालमा हुने चाप समेत नियन्त्रण गर्न सकिन्छ । यसैैबीच बेलायतले बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरेको छ । वेलायतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्धात्मक नियम लागू गरेको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।