Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


रुसले युक्रेनमा सैन्य आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने जी सेभन राष्ट्रहरुको चेतावनी


130
Shares

एजेन्सी । जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ।

अमेरिकी गुप्तचर निकायहरुले रुसले आगामी वर्ष युक्रेनमा करिब दुई लाख सेना सम्मिलित गराएर आक्राणको योजना बनाएको दावी गरेको छ । मस्कोले नाटोको विस्तारले रुसलाई धम्की दिएको र सन् १९९१ मा सोभियत संघ पतन भएसँगै दिएको आस्वासन उल्लंघन भएको दावी गरेको छ ।

लिभरपुलमा हालै भएको बैठकमा जी सेभेन समूहमा आवद्ध राष्ट्रहरुले युक्रेनको सीमा नजिकै रुसले सैन्य संरचना निर्माण गरेको भन्दै आपत्तिसमेत जनाएको बताइएको छ । ती राष्ट्रहरुले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रिय अखण्डतामा कुनै आँच आउन नदिने प्रतिवद्धता जनाएका छन् ।

यता राष्ट्रपति पुटिनले भने जी सेभेन सदस्य राष्ट्रहरुले गरेको निर्णयप्रति आपत्ति जनाउँदै आफूले युक्रेनमा आक्रमणको योजना नबनाएको दावी गर्नुभएको छ ।