काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताउनुभएको छ । राजदूत र्यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो । नेपालले २०७८ फागुन १५ मा प्रतिनिधिसभाबाट ऊर्जा र…