काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ । स्टेडी एडी नामले परिचित रामोस सन् १९९२ देखि सन् १९९८ सम्म ६ वर्षका लागि फिलिपिन्समा राष्ट्रपति बन्नुभएको थियो। पदमा रहँदा सादा जीवनका लागि पनि उहाँ परिचित हुनुहुथ्यो । सैन्य जनरल रहेकै बेला सन् १९८६ मा उहाँले मार्कोसको तानाशाहीविरूद्धको संघर्षमा साथ दिनुभएको…