एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गर्नुभएको छ । विश्व धनी मुलुकहरुको समुह जी-सेभेनमा सहभागी हुन जापानको हिरोसीमा पुग्नुभएका जेलेनस्कीले पत्रकार सम्मेलन गरी बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गर्नुभएको हो । उहाँले गत अगष्टदेखि सो शहरमा रक्तपातपुर्ण लडाई जारी रहेको भन्दै अझैपनि शहरका केही भागमा युक्रेनी रक्षकहरु…