Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

काठमाडाैं । टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो…