Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई पाँच वर्षको जेल सजाय

काठमाडाैं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ । पेरिसको अदालतले पूर्वराष्ट्रपति सार्कोजीलाई सन् २००७ को राष्ट्रपति चुनावमा लिबिया सरकारबाट अवैध आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गर्दै जेल सजाय तोकेको हो । अदालतले उहाँलाई विदेशी स्रोतबाट चुनाव जित्नका लागि गैरकानुनी धन प्राप्त गरेको आरोपमा दोषी ठहर गरेको हो ।…