Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


लाओ कफीको सुगन्ध विश्व बजारमा पनि फैलिंदै


481
Shares

एजेन्सी। लाओ कफीले स्थानीय उपभोक्ताहरू माझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ ।

जसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले विस्तारै विश्वव्यापी पहिचान बनाइरहेकाे हाे। सिनोक कफीका संस्थापक तथा लाओ कफी एशोसिएसनका पूर्वअध्यक्ष सिनोक सिसोम्ब्याट बोलाभेन पठारमा कफी खेतीको अध्ययनबाट आफ्नो यात्रा शुरु गरेको बताउनुभएकाे छ । लाओसको प्रमुख कृषि निर्यात वस्तुमध्ये एक रहेको कफीले त्यहाँका नागरिकहरूका लागि रोजगारी र आयको मुख्य स्रोत प्रदान गरेको छ ।

सन् २०२४ मा लाओसले ५० हजार टन भन्दा बढी कफी निर्यात गरी १० करोड अमेरिकी डलर भन्दा बढी आम्दानी गरेको छ।