एजेन्सी । बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् । उनीहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाएका हुन् । रुसी राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन्…