एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दुई दिन हिरासतमा बसेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुग्नुभएको छ । इस्लामावाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । लाहोरमा समर्थकहरुले खानलाई न्यानो स्वागत गरेका छन् । शनिबार बिहान खान सडकमार्गबाट लाहोरस्थित आफ्नो घर पुग्नुभएको हो । जमानत पाएपछि…