एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताउनु भएको हो । पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध रहेको मेदभेदेवको भनाइ थियो ।…