एजेन्सी । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।…