एजेन्सी । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार बिहान ६८ वर्षको उमेरमा सांघाईमा निधन भएको छ। हृदयाघातका कारण लीको निधन भएको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । बिहिबार उहाँलाई अचानक हृदयाघात भएको र गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो । ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो…