एजेन्सी । संयुक्त राष्ट्र संघले सुनामीबाट ध्वस्त फुकुसीमा आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुन्द्रमा छोड्ने जापानको योजना अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले जापानको उक्त योजना कार्यान्वयन हुँदा वातावरणमा नगन्य प्रभाव पार्ने बताएको छ । आणविक केन्द्रको पानी समुन्द्रमा मिसाउने जापानको योजनाप्रति चीन र दक्षिण कोरियाले…