यमन, चैत २९ । संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा आजबाट युद्धविराम भएको छ । युद्धविरामलाई सरकार र संघर्षरत पक्षहरुले समर्थन गर्ने जनाएका छन् । साउदी नेतृत्वको गठबन्धनको समर्थन रहेको वर्तमान यमनी सरकारले आजबाट शुरु भएको युद्धविरामलाई समर्थन गर्ने बताएको छ । सरकार हटाउन संघर्षरत इरानी सहयोग रहेको हुथी विद्रोहीले पनि युद्धविरामको सम्मान गर्ने जनाएको छ ।…