टोक्यो, असोज २२ । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसो पर्वत शृंखलामा गत मध्यरातपछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ हजार मिटर आकाशमाथिसम्म खरानी र आगोको लप्का उठेको थियो । जलवायु विज्ञान समितिले उक्त ज्वालामुखी विस्फोटन ५औं स्केलको…