सिरिया, जेठ २४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो । यस्तो आरोपमा कम्तीमा पनि ३८ लडाकुलाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो समय आइएसका केही शीर्ष नेता अमेरिकी गठबन्धन सेनाको हवाई हमलामा मारिएका…