वासिंटन, कात्तिक १३ । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले संघीय जाँच ब्यूरो एफबीआईले फेरि आफ्नो ईमेलको अनुसन्धान थाले पनि त्यसले केही फरक नपर्ने दाबी गरेकी छन् । क्लिन्टन विदेशमन्त्री छँदाको समयको ईमेल दुरुपयोग भए÷नभएको बारे एफबीआईले फेरि अनुसन्धान थालेको हो । नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मुखमा आएर एफबीआईले…