नयाँ दिल्ली, जेठ ३१ । न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ । सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आ–आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरिरहेका…