काठमाडौं, असोज १२ । इराकमा इस्लामिक अतिवादी समूह आइएसले गरेको शृङ्खलाबद्ध आत्मघाती बिस्फोटमा १७ जना मारिएका छन् । राजधानी बगदादस्थित शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराइएको बिस्फोटका कारण ५० भन्दा बढी घाइते भएका छन् । पहिलो बिस्फोट जेद्दा इलाकामा र अर्को बिस्फोट बाया इलाकामा गराइएको इराकी अधिकारीहरुले जनाएका छन् । बिस्फोटका कारण सो क्षेत्रका भवनमा…