‘बर्लिन आक्रमणका मुख्य अभियुक्त मिलानमा मारिए’ « Image Khabar


‘बर्लिन आक्रमणका मुख्य अभियुक्त मिलानमा मारिए’


Imagekhabar
८ पुष २०७३, शुक्रबार १६:३४

बर्लिनमा आक्रमणपछि भाग्दै हिँडेको मुख्य अभियुक्त ट्युनिसियन नागरिक अनिस अम्री शुक्रबार मिलानमा मारिएको दाबी गरिएको छ ।

प्रहरीको नियमित जाँचका क्रममा एकजना शंकास्पद व्यक्तिमाथि प्रहरीले गोली हानेको र मृतक व्यक्तिको औंठाछाप अनिस अम्रीसँग मिलेको दाबी त्यहाँका प्रहरी अधिकारीहरुले गरेका छन् ।

सोही घटनामा संलग्न रहेको आशंका गरिएका दुईजना पनि जर्मनीमै पक्राउ परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

जर्मनी र डेनमार्कको सीमा ओबरहउसेनको सपिङ सेन्टरमा हमला गर्ने योजनामा रहेका दुई दाजुभाई पक्राउ परेका हुन् ।

कोसोभोमा जन्मेका २८ र ३१ वर्षीय दाजुभाइ आतंककारी हमलाको तयारीमा रहेको अवस्थामा सादा पोसाकमा रहेका प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

हमलाको योजना सम्बन्धमा केही जानकारी दिइएको छैन ।

जर्मनीको बर्लिनमा सोमबार लरीमार्फत् १२ जना नागरिकको हत्या गरेपछि जर्मनीभर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्