अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए « Image Khabar


अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए


Imagekhabar
७ पुष २०७३, बिहीबार ०९:३०

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार घटनामा मारिनेमा दुई बालबालिका पनि छन् ।

तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मीर वालीको घरमा आक्रमण गरेका थिए । सांसद वाली भने घरबाट सुरक्षित निस्किएका छन् ।

आक्रमणमा अरु केही घाइते भएका छन् । सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्किएपछि हेलमन्द प्रान्तका धेरै क्षेत्रमा तालिबानी आक्रमण बढेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्