Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इन्डोनेसियामा १६ यात्री सवार विमान सम्पर्कविहीन

जाकर्ता, मंसिर १८ । इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । रासस/सिन्ह्वा