श्रृंखलावद्ध बम आक्रमणमा ५१ जनाको मृत्यु, युएईका राजदूतसमेत घाइते « Image Khabar


श्रृंखलावद्ध बम आक्रमणमा ५१ जनाको मृत्यु, युएईका राजदूतसमेत घाइते


Imagekhabar
२७ पुष २०७३, बुधबार ०७:१८

काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् ।

यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् ।

त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । त्यहाँ गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्ट हाउसलाई लक्षित गरि आक्रमण गरिएको थियो ।

संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशरफ घानीले आक्रमणमा संलग्न सबैलाई दण्डित गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्