काठमाडौं, मंसिर १४ । ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान मंगलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । बोलिभियाबाट ७२ जना यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको हो । दुर्घटनामा परेका पाँचजनाको भने जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । विमानमा विद्युतीय समस्याका…