काठमाडौं, जेठ १३ । फ्रान्समा विवादास्पद श्रम सुधारसम्बन्धी कानुनको विरोधमा सुरु गरेको आन्दोलनको असर बढ्दै गएको छ । देशभरका पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रका मजदुरले काम ठप्प पारी हड्ताल गरीरहेको बेला आज आणविक उर्जा केन्द्रमा समेत हड्ताल आव्हान गरिएको छ । फ्रान्सका कुल १९ मध्ये १६ आणविक भट्टीमा काम गर्ने मजदुरले बुधबार आन्दोलनको पक्षमा मतदान गरेपछि…