काठमाडौं, असार २५ । अमेरिकाले मस्कोमा आफ्नो कुटनीतिज्ञमाथि गरिएको आक्रमणको बदलास्वरुप दुईजना रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले जुन ९ सम्म रुसी कुटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिइएको बताए । तर, उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । यो महिनाको सुरुमा रुसी प्रहरीले मस्कोनजिक अमेरिकी कुटनीतिज्ञलाई आक्रमण गरेका थिए…