ईरानी युद्धपोतलाई लक्षित गरी अमेरिकी युद्धपोतबाट गोली प्रहार • Image Khabar Image Khabar


ईरानी युद्धपोतलाई लक्षित गरी अमेरिकी युद्धपोतबाट गोली प्रहार


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार १६:१५

ईरानी युद्धपोतलाई लक्षित गरी अमेरिकी युद्धपोतबाट गोली प्रहार

वासिंटन, भदौ १० । फारसको खाडीमा अमेरिका र ईरानी युद्धपोतबीच विवाद बढेको छ ।

अमेरिकी युद्धपोतले ईरानी युद्धपोतमाथि गोली प्रहारसमेत गरेको बताइएको छ ।

ईरानी युद्धपोत आफ्नोतर्फ अगाडी बढेपछि चेतावनीस्वरुप गोली प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ ।

यस हप्तामा यस्तो घटना पहिले पनि भइसकेको पेन्टागनले जनाएको छ । यसरी अर्काको युद्धपोत भएकोतर्फ अगाडी बढ्नु असुरक्षित हुने पनि पेन्टागनको भनाइ छ ।

ईरानले भने आफ्नो जल सीमामा आएका युद्धपोतविरुद्ध गस्ती मार्फत् चुनौति दिइने जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्