विश्वविद्यालयमा बन्दुकधारीद्वारा हमला, १३ जनाको मृत्यु • Image Khabar Image Khabar


विश्वविद्यालयमा बन्दुकधारीद्वारा हमला, १३ जनाको मृत्यु


Imagekhabar
९ भाद्र २०७३, बिहीबार १८:०२

विश्वविद्यालयमा बन्दुकधारीद्वारा हमला, १३ जनाको मृत्यु

काबुल, भदौ ९ । अफगानिस्तानको काबुलस्थित एक अमेरिकी विश्वविद्यालयमा भएको आतंकवादी हमलामा १३ जना मारिएका छन् ।

हतियारसहित विश्वविद्यालयमा प्रवेश गरेका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा सात विद्यार्थी, तीन सुरक्षाकर्मी र तीन सुरक्षा गार्डको मृत्यु भएको हो । सुरक्षा कारबाहीमा दुई बन्दुकधारी पनि मारिएका छन् ।

घटनामा ३५ जना विद्यार्थी र ९ सुरक्षाकर्मी घाइते भएका छन् । १७ सय विद्यार्थी अध्ययन गर्ने सो विश्वविद्यालयमा घटनाका बेला विद्यार्थी र कर्मचारी गरी ७ सय ५० जना थिए ।

बन्दुकधारीहरु विश्वविद्यालयमा प्रवेश गरी आक्रमण गर्न थालेपछि विश्वविद्यालयका विद्यार्थी तथा कर्मचारी कक्षा कोठामा लुकेकाले मृत्युको मुखबाट बच्न सफल भएका छन् ।

बन्दुकधारीहरुले विश्वविद्यालयको कक्षा कोठामा दुई वटा ग्रिनेड प्रहार गरेकाले धेरै विद्यार्थी घाइते भएका हुन् । घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्