नयाँ दिल्ली, असार १९ । भारी बर्षाका कारण आएको बाढी पहिरोमा परी भारत र पाकिस्तानमा ५५ जनाको ज्यान गएको छ । पाकिस्तानमा बर्षाका कारण एउटा मस्जिद भत्किदा ३० जनाको मृत्यु भएको हो । रमदानको समयमा प्रार्थना चलिरहेको बेला मस्जिद भत्केर उनीहरुको मृत्यु भएको हो । यता भारतको उत्तराखण्ड र अरुणाञ्चलमा २५ जनाको ज्यान गएको छ…