वासिंटनस्थित अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलमा शुक्रबार बाइबललाई साक्षी राखेर शपथ लिएसँगै शासनसत्ताको बागडोर सम्हालेका उनले पदअनुसार निभाउनुपर्ने भूमिकामाथि भने आशा र आशंका प्रशस्त छन् । विश्वको सबैभन्दा शक्तिशाली मुलुकको सर्वोच्च पदमा आसिन ट्रम्पले चुनौतीको चाङ पन्छाउँदै अघि बढ्नुपर्ने अवस्था छ । तर, चुनावी अभियानकाक्रममामात्र नभइ निर्वाचित भइसकेपछि पनि विवादास्पद छवीबाट मुक्त हुन नसकेका कारण…