जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उनले प्रष्ट गरे । यूक्रेनको सम्प्रभुतामाथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाको भनाइ छ । ह्वाइटहाउसमा आठ वर्ष बिताएपछि राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा ओबामाले भ्लादीमिर पुटिनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध कायम गरेको र यो शीत युद्ध जस्तै रहेको पनि उल्लेख गरे ।…