राष्ट्रपति याह्या जाम्मेहले सत्ता छोड्न अस्वीकार गरेपछि अदामाले मुलुक छोडेका हुन् । जाम्मेहको पदावधि गत बिहीबार सकिएको छ । उनले सुरुमा गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा पराजय स्वीकार गरे पनि पछि परिणाम नै रद्द गरिएको बताएका थिए । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी गाम्बिया पुगेर दुबै पक्षबीच सहमति गर्ने प्रयास गरे पनि त्यो असफल भएको छ ।…