Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जाँदै हुनुहुन्छ । उहाँ मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लाग्नु भएको हो । थाइल्याण्डका प्रधानमन्त्री पैटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार दिउँसो साढे १ बजे बैंककतर्फ प्रस्थान गर्नुहुनेछ…