काठमाडौं । थाइल्यान्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलन शुरु भएको छ । थाइल्यान्डको बैंककस्थित होटेल सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटो खिचेर कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन शुरु भएको हो । सदस्य मुलुकबाट पुगेका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावात्राले स्वागत गर्नुभएको…