Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राष्ट्रपति ट्रम्पकाे इजरायली संसदमा सम्बोधन: ‘आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा’


1.4k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकाेमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई धन्यवाद दिनुभएकाे छ।

इजरायलको संसद केन्नेसेटलाई साेमबार सम्बोधन गर्दै उहाँले आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा समेत गर्नुभएकाे हाे। यसैबीच, राष्ट्रपति ट्रम्पले सम्बोधन गर्ने क्रममा केन्नेसेटमा होहल्ला भएको थियाे। हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर राष्ट्रपति ट्रम्पको समर्थन गरेका थिए ।

पछि सुरक्षाकर्मीले हल्ला गर्ने केही मानिसलाई सुरक्षा बलले सभाहलबाट बाहिर लगेको अलजजीराले जनाएको छ ।