Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


हमासद्वारा जीवित बन्धकलाई हस्तान्तरण गर्न सुरु


1.3k
Shares

काठमाडौं ।

प्यालेस्टिनी विद्रोही संगठन हमासले ७ सय ३८ दिनपछि बन्धक बनाइएका इजरायली नागरिकहरूको हस्तान्तरण प्रक्रिया सुरु गरेको छ।

सोमबार बिहान नेपालको समय अनुसार ११ बजेदेखि गाजापट्टीमा रेडक्रसको माध्यमबाट बन्धकहरू हस्तान्तरण गरिन थालेका हुन्।

हमासले रिहाइ गर्न लागेका २० जना बन्धकमध्ये पहिलो चरणमा ७ जनालाई रेडक्रसलाई सुपुर्द गरिएको छ। रिपोर्टअनुसार ती बन्धकमध्ये गाली र जिभ बर्मन, माटान एङ्ग्रेष्ट, एलोन ओहेल, ओम्री मिरन, एइतान मोर र गाइ गिलबोआ–दलाल रहेका छन्।

हमासको सैन्य शाखाले गाजा सिटीमा रहेका अन्य बन्धकहरूको पनि क्रमशः हस्तान्तरण प्रक्रिया अघि बढाइरहेको जनाएको छ। हालसम्म सार्वजनिक गरिएको नामसूचीमा नेपाली नागरिक विपीनको नाम उल्लेख छैन।