उक्त युद्धपोत पानीजहाजमा ६० जना विशेष अपरेसन सेना र १५४ ओटा क्रुज मिसाइल रहेको बताइएको छ । उत्तर कोरियाले आफनो ८५औं सैन्य दिवस मनाइरहेकैबेला अमेरिकाले युद्धपोत पानीजहाज दक्षिण कोरिया पठाएको हो । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच चर्को वाकयुद्ध चलेको छ । अमेरिकाले भड्काउपूर्ण व्यवहार जारी राखी आणविक आक्रमण गर्ने उत्तरले चेतावनी दिएको छ…