Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको उत्तर कोरियाको दाबी


0
Shares

पश्चिमी मुलुकका लागि उत्तर कोरियाका अनौपचारिक दूत आलेजान्ड्रो काओ डि बोनोसले केवल तीनवटा उत्तर कोरियाली बमले विश्व ध्वस्त हुने दाबी गरेका हुन् ।

आलेजान्ड्रो अन्य मुलुकसँग सांस्कृतिक सम्बन्धलाई लिएर उत्तर कोरियाको प्रतिनिधित्व गर्दछन् ।

पछिल्लो समय उत्तर कोरियाको परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय चेतावनीका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘उत्तर कोरियालाई कसैले केही गर्न सक्दैन, हामीसँग तीनवटा यस्ता परमाणु बम छन्, जसले विश्वलाई नै ध्वस्त पार्न सक्छ ।’

स्पेनिश मुलका उनी उत्तर कोरियाको नागरिकता पाउने पहिलो पश्चिमी हुन् ।

उनले उत्तर कोरियामा मानवअधिकार हननको बारेमा लगाइएको आरोप निराधार रहेको समेत दाबी गरे । ‘यो त अमेरिका, बेलायतजस्ता मुलुकले फैलाएको भ्रम हो,’ उनले भने ।

उत्तर कोरियाको समाज शान्त र सुरक्षित रहेको उनको भनाइ थियो । ‘उत्तर कोरियालीहरुमा कुनै सामाजिक संघर्ष छैन, मानिसहरु सडकमा सुत्नु परेको छैन, एक अर्कालाई सहयोग गर्दछन्,’ उनले भने । (एजेन्सी)