नोभेम्बरको चुनाव सकिएको ४८ घण्टाभन्दा कम समयमा नै आफ्ना उत्तराधिकारी ट्रम्पसँग ओभल अफिसमा भएको भेटमा ओबामाले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएका छन् । सिनेट समितिमा रुसी राजदूतसँग गरेको संवादले फ्लिनमाथि ब्ल्याकमेल गरिएको टिप्पणी गरिएको थियो । अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग कुराकानी…