राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूहबीच झडप भएको जानकारी दिएका छन् । सो कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौंको मृत्यु भइसकेको उनले बताएका छन् । पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने बताए । प्रहरीकाअनुसार अहिलेसम्म…