उत्तर कोरियाले महत्वपूर्ण दस्ताबेज चोरेको दक्षिणको आरोप • Image Khabar Image Khabar


उत्तर कोरियाले महत्वपूर्ण दस्ताबेज चोरेको दक्षिणको आरोप


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १५:३८

उत्तर कोरियाले महत्वपूर्ण दस्ताबेज चोरेको दक्षिणको आरोप

उत्तर कोरियाले चोरेको ती सामाग्रीहरुमा दुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको दक्षिण कोरियाले बताएको छ ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्राटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिएका हुन् ।

उनले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिएको समाचारमा जनाइएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस्