रक्षामन्त्री म्याटिसले उत्तर कोरियाले गरिरहेका पछिल्ला गतिविधि उसकै लागि घातक हुनसक्ने चेतावनी दिएका हुन् । उनले उत्तर कोरियाको यस्तै गतिविधि कायमै रहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रक्षा मन्त्री म्याटिसले युद्धको अवस्था आएमा अमेरिका र अमेरिकाका सहयोगीसँग संघर्ष गर्न सक्ने अवस्था उत्तर कोरियाको नरहेको…