पाँचजना संसद सदस्यले शुक्रबार म्यानमारको रोहिंग्या समुदाय लक्षित मानव अधिकार उल्लंघनमा संलग्न रहेकोे आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका हुन् । जोन म्याककेन, बेन कार्डिन, डिक डर्विन, मार्को रुवियो र टोड योङको प्रस्तावमा म्यानमारका केही उच्च सैनिकलाई विदेश भ्रमणमा जानबाट रोक लगाउनुपर्ने बताइएको छ । उक्त प्रस्ताव अमेरिकी कँग्रेसबाट पास भएमा म्यानमारको…