इन्डोनेसियामा आँधीका कारण २० जनाको मृत्यु, १७ हजार घर नष्ट • Image Khabar Image Khabar


इन्डोनेसियामा आँधीका कारण २० जनाको मृत्यु, १७ हजार घर नष्ट


Imagekhabar
१५ मंसिर २०७४, शुक्रबार १९:०७

इन्डोनेसियामा आँधीका कारण २० जनाको मृत्यु, १७ हजार घर नष्ट

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले २० जनाको ज्यान जानुका साथै १७ हजार ९ ओटा घरहरु पूर्णतया नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा परी अन्य चारजना घाइते भएका छन् भने एक हजार ८७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सबै ठाँउहरूमा अझै पनि उद्धारकर्ताहरु पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न एक हजार १७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधि र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्