त्यसो त, अमेरिकाले यसअघि नै उत्तर कोरियालाई पटक–पटक चेतावनी दिइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । किन उत्तर कोरियाले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै आएको छ ? धेरैको मनमा प्रश्न उठ्नु स्वाभाविक हो । महशक्ति राष्ट्र अमेरिकालाई उत्तर कोरियाले टक्कर दिनुमा चीनसँग उत्तर कोरियाको सम्बन्ध नै मूख्य…