भूकम्पमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्नसक्ने उद्धारकर्मीले जनाएका छन् । सयौं भवन भत्किएका छन् । शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति) गएको भूकम्पको केन्द्रविन्दू मेक्सिकोको पिजिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिममा रहेको अमेरिकी भौगर्भिक केन्द्र (युएसजीएस)ले जनाएको छ । केन्द्रविन्दू जमिनको सतहदेखि ७० किलोमिटर तल रहेको बताइएको छ । यसअघि, भूकम्पका…