गत मार्च ६ बाट शुरु भएको अनिश्चितकालीन आपतकाल शुरु हुनु अघिको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाईते भएका थिए । मध्य श्रीलंकाको क्याण्डी शहरमा ४ सय ५० भन्दा बढी घर र पसलहरुमा क्षति पुर्याइएको थियो । दर्जनौं सवारी साधन जलाइएका थिए । तनाब बढ्न नदिन भन्दै कर्फ्यू लगाउनुका साथै सामाजिक सञ्जालहरु बन्द गरिएको…